सौरभको घरमा ममता ब्यानर्जी

मुख्यमन्त्री ममता व्यानर्जी भारतीय क्रिकेट दलका पूर्व अधिनायक सौरभ गाङ्गुलीलाई जन्मदिनको शुभेच्छा जनाउन बिहीवार तिनको घर पुगिन् । ममता ब्यानर्जी बिहीवार बेलुकी पाँच बजी सौरभ गालीको घर पुगिन् अनि तिनलाई जन्मदिनको शुभेच्छा जनाइन् । सौरभले पनि यसको निम्ति मुख्यमन्त्रीलाई धन्यवाद दिए । तिनी लगभग ४५ मिनट सौरभ गाङ्गुलीको घरमा बसेपछि त्यहाँबाट निस्किइन् । ममता

ब्यानर्जीले प्रत्येक वर्ष नै जन्मदिनमा सौरभ गाङ्गुलीलाई शुभेच्छा जनाउँछिन् तिनको घरमा फूल र मिठाई पठाउँछिन् । तर यसपालि नै प्रथमपल्ट ममता ब्यानर्जीले सौरभ गाङ्गुलीलाई तिनको घरैमा पुगेर जन्मदिनको शुभेच्छा जनाएकी हुन्, जसलाई धेरै तात्पर्यपूर्ण मानिँदैछ ।

स्मरण रहोस्, प्रारम्भदेखि सौरभ गागुलीसँग ममता व्यानर्जीको असल सम्बन्ध रहेको छ । विगतमा सौरभ गाङ्गुली

मुख्यमन्त्रीसँग भेट गर्नको निम्ति एकाधिक नवान्न पुगेका थिए । तर ममता ब्यानर्जीलाई यसरी घरैमा गएर सौरभ गाङ्गुलीलाई जन्म दिनको शुभेच्छा जनाएकी विगतमा कहिल्यै देखिएको थिएन । ममता ब्यानर्जीले निम्ति सौरभको मिठाई अनि पुष्पगुच्छ पनि लगेकी थिइन् । दुवैमाझ प्रायः ४५ मिनट कुराकानी भएको विभिन्न सूत्रको भनाइ छ दुवैको यस भेटवार्तालाई राजनीतिका जानकारहरूको एउटा समूहले धेरै महत्त्वपूर्ण बताइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *