लायन्स क्लबद्वारा कोभिड टीकाकरण शिविर

खरसाङ लायन्स क्लब अनि सिलगढीको नर्थ बेगंल मेडिकाको आयोजनामा खरसाङको नयाँ बजार स्थित लायन्स सेवा केन्द्रमा कोविड टीकाकरण शिविर सम्पन्न भयो । बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म सम्पन्न भएको यो शिविरमा जम्मा २ सय ५० जनालाई कोविड -१९ को टीका कोविशील्ड लगाइयो । टीकाकरणको कार्यक्रममा नर्थ बेगंल मेडिकाबाट ४ जना डाक्टर अनि ८ जना टेक्निसियनहरू टीकाकरणको निम्ति उपस्थित रहेका थिए । शिवरमा खरसाङ महकुमा अस्पतालका डाक्टर सुमन विश्वासले पनि सहयोग गरेका थिए टीकाकरण कार्यक्रमका परियोजना अध्यक्ष अश्विनी अग्रवालको देखरेखमा सम्पन्न यो शिविरमा

टीकाकरणको निम्ति डाक्टर अनि टेक्निसियनहरूलाई लायन्स क्लबका सदस्यहरूले पनि सहयोग पुयाएका थिए । टीकाकरणको कार्यक्रम बारेमा बताउदै लायन्स क्लबका पूर्व डिस्ट्रिक गर्भनर तथा लायन्स क्लब खरसाङका संस्थापक सदस्य लायन पीसी अग्रवालले भने, हामीले अगवै बनाएको योजना अनुसार सिलगढीको अपोलो क्लिनिकसित मिलेर टीकाकरण शिविरको आयोजना गर्ने निर्णय लिएका थियौं । अन्तिम क्षणमा अपोलो क्लिनिकले योजना परिवर्तन गन्यो। क्लिनिकका उच्च अधिकारीहरूले अपोलो क्लिनिक जलपाईगढ़ी जिल्लामा पर्ने भएकोले शिविरको आयोजना जलपाईगढ़ी जिल्लाभित्र गर्ने क्लिनिकलाई निर्देश भएको हामीलाई जानकारीमा आयो । त्यसपछि क्लबका प्रतनिधिहरूले

आपसमा चर्चा गरेर सिलगढ़ीको नर्थ बेंगल क्लिनिकसित मिलेर टीकाकरण शिविरको आयोजना गर्ने निर्णय गर्न पन्यो । यो शिविर लायन्स क्लब खरसाङ अनि नर्थ बेंगल मेडिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। यस शिविरमा कोविड- १९ को कोविशील्ड टीका लगाइएको छ । जसमा अधिक संख्यामा टीका पहिलो डोज लगाइएको छ ।

शिविरमा खरसाङ बजार अनि वरिपरि क्षेत्रबाट मानिसहरूले टीका लगाएका छन् । अग्रवालले अघि भने, वर्तमानमा सरकारी तौरमा यहाँको सन्त अल्फन्सेस स्कूलमा खरसाङ महकुमा अस्पतालले कोविडको टीका लगाउने कार्य गरिरहेको छ । सन्त अल्फन्सेसको टीकाकरण केन्द्रमा दैनिक धेरै

संख्यामा मानिसहरू उपस्थित हुने गर्छन् । यस्तो अवस्थामा जनसाधारणलाई सहयोग पुयाउने उद्देश्यले यो टीकाकरण शिविरको आयोजना गरेका हौं । यस शिविरमा टीका लगाउन आउनेहरूलाई प्रति टीका सरकारी दर अनुसार ७ सय ८० रुपियाँ लिएका छौं । अग्रवालले अझ भने, लायन्स क्लब खरसाङले कोविड टीकाकरण शिविर पहिलो चोटी सम्पन्न गरेको हो । क्लबले अघिबाट नै विभिन्न स्वस्थ्य जाँच, आँखा जाँच शिविरको आयोजना गर्दै आएको छ । यसको अतिरिक्त माक्स, सेनिटाइजर वितरण गर्ने कार्य, अग्रपंक्तिका कोविड योद्धाहरूलाई सम्मान जनाउने कार्य गरिसकेको छ । आगामी दिनमा पनि यस प्रकारको जन सेवाको कार्यहरू हामी जारी राख्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *