श्रीनगर शहरमा ड्रोन प्रयोगमा प्रतिबन्ध; ड्रोनका मालिकहरुलाई ड्रोन पुलिस स्टेशनमा जम्मा गर्ने आदेश

जम्मूको एयरफोर्स अड्डामा ड्रोन हमला भएको एक हप्ता पछि श्रीनगर प्रशासनले ड्रोनको प्रयोग, कब्जा र बिक्रीमा प्रतिबन्ध लगाएको छ। जिल्ला मजिस्ट्रेट मोहम्मद आइजाजको कार्यालयले जुलाई ३ मा जारी गरेको आदेश अनुसार ड्रोन क्यामेरा वा यस्तै अन्य मानव रहित हवाई सवारीसाधन भएका व्यक्तिहरूले ड्रोनहरुलाई पुलिसमा बुझाउनु पर्नेछ।


कृषि विभाग, वातावरणीय संरक्षण र प्रकोप निवारण क्षेत्रमा सर्भेन्स र सर्भेलेन्स गतिविधिहरूका लागि ड्रोन प्रयोग गर्ने सरकारी विभागहरूलाई ती प्रयोग गर्नु अघि स्थानीय प्रहरी चौकीमा खबर गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *