वनविभाग र स्काभेन्जरद्वारा प्लास्टिक फ्री-को आह्वान

दार्जीलिङ वन विभाग अन्तर्गत पर्ने सिंचेल लेक रेञ्जले एक गैर सरकारी संस्थान स्काभेञ्जरसित संयुक्त रहेर विश्व प्लास्टिक फ्री डे पालन गर्दै सिम्कुना थर्ड माइलवासीको ३४ वटा दोकानेहरूलाई साथमा लिएर एक जनचेतना कार्यक्रम गरियो भनी वन विभागले अधिकारीले बताएका छन् । वन विभाग अधिकारीले बताए अनुसार वन विभागले एक अभियान आरम्भ गरेका छन्। विभागीय प्रमुख अधिकारी एसएस शेर्पाको नेतृत्वमा

भइरहेको कार्यक्रममा प्लास्टिक फ्री सिंचेल बनाउने कार्य गरिरहेका छौ सिंचेल रेञ्जको भाग यो तीन माइल पनि हो ।

हाल यो क्षेत्रमा पनि मानिसहरूको जनसंख्या बड़ेकोले प्लास्टिक प्रयोग पनि बड़ेको छ। यसैले प्लास्टिकको नकरात्मक असर सिंचेल रेञ्जमा पनि पुराइरहेको छ। प्लास्टिकको नकरात्मक असर सिंचेल रेञ्चमा पनि पुराइरहेको छ । प्लास्टिक रोकथामको सक्दो प्रयासमा आज स्काभेञ्जर संस्थासित मिलेर

कार्यक्रम गरेका हौ । यस कार्यक्रममा कमलेश राई पनि उपस्थित थिइन्। यस कार्यक्रममा प्लास्टि मात्र पनि चलाउन सक्छौं भन्ने जानकारी गराइया ।

साथै प्लास्टिकको बारे वृत्तचित्र पनि प्रदर्शन गराइयो । कार्यक्रममा सीआई भानु राई पनि उपस्थित थिए । जोरबंगलो ओसी मिङमा लेप्चा उपस्थित थिए । साथै समाजका प्रतिनिधिहरू पनि सामेल थिए । साथै एस गजमेर (एडीएफओ), एसएस शेर्पा (डीएफओ) उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *