भ्याक्सिन नपाएको जनगुनासो

खरसाङ महकुमा अस्पतालले यहाँको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयको टीकाकरण केन्द्रमा प्रत्येक दिन कोभिड १९ – को टीका लगाउने कार्य गरिरहेको छ । केन्द्रमा प्रत्येक दिन टीका लगाउने कार्य भए पनि लगातार ४-५ दिन टीकाकरण केन्द्रमा पुगेर पालो पर्खन्दा पनि टीका लगाउन नपाएको जनसाधरणको गुनासो छ । टीका लगाउन आएका कतिपय मानिसहरूले टीकाकरणमा भाइ भतिजावाद भइरहेको, आ-आफ्नो मान्छेहरूलाई टीका लगाउने कार्य गरिएको गुनासो पनि गरेका छन् टीका लगाउन आएकी एउटी युवतीले भनिन्, नेपालको काठम ाण्डुमा काम गर्छु । मेरो स्थायी घर खरसाङ हो । म विधानसभा चुनाउमा मतदान गर्न आएको थिएँ । कोभिडको टीका लगाएर आफ्नो

काममा जानलाई धेरै अघिदेखि प्रयास गरिरहेको छु । १८ वर्षदेखि माथि उमेरकाहरूलाई टीका लगाउने कार्य यहाँ आरम्भ गरिएको जानकारी पाएपछि टीकाकरण केन्द्रमा ४-५ चोटि लगातार आइरहेको छु । अनलाइनमा रेजिस्ट्रेशन गर्नु भनेर मलाई फोन नम्बर पनि दिइयो । त्यहाँ रेजिस्ट्रेशन गर्ने प्रयास गर्दा दार्जीलिङको निम्ति मात्रै देखाउँछ म मधुमेह अनि उच्च रक्तचापको रोगी हुँ। यसरी टीका लगाउँदा मधुमेह रोगी, रक्तचापका रोगीहरूलाई प्राथमिकता दिनुपर्ने हो । आ-आफ्नो मान्छेलाई बोलाएर टीका लगाउनु गलत हो । यसो हुँदा हामी साधारण जनताले धेरै दुःख पाइरहेका छौं ।

लगाउन आएकी सन्तोकी लामाले भनिन्, टीका लगाउने कार्यमा आ-आफ्नो मान्छेलाई लगाउने कार्य भइरहेको

छ । टीका लगाउनका लागि मैले धेरैचोटि टीकाकरण केन्द्रमा पुग्न पन्यो जनसाधारणको निम्ति सरकारले टीका उपलब्ध गराएको हो । टीका आ-आफ्नो मान्छेलाई लगाउनु गलत हो। डाउहिलकी अर्की युवतीले पनि आफू बिहान ८ बजीदेखि ४ बजीसम्म केन्द्रमा बसेर पालो पर्खिए पनि टीका लगाउन नपाएको गुनासो पोख्दै टीकाकरण कार्यमा भाइ भतिजावाद भइरहेको बताइन् ।

फिरोज तामाङले भने, मैले २४ जूनको दिन अफलाइन रेजिस्ट्रेशन गरेको थिएँ। अफलाइन रेजिस्ट्रेशनमा १ जुलाईको दिन म लाई टीकाकरणको निम्ति बोलाइयो तर टीका लगाउन पाइनँ । मलाई फेरि अनलाइन रेजिस्ट्रेशन गर्न भनियो। यसप्रकार टीकाकरणको निम्ति जनसाधारणले भारी समस्या |

Leave a Reply

Your email address will not be published. Required fields are marked *