इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि अमेरिकी हवाई हमला

अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ।

“अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट छन्,” विज्ञप्तिमा भनिएको छ।

बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो।

Click here to view the source

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *