१० का ६५ वर्षीय सत्यनारायण लोध भारतको चित्तलहवा पुगेर औषधि उपचार गर्छन् । त्यसका लागि उनी छोरासित आउजाउ गर्छन् । सीमामै बसोबास छ । उनका अनुसार भारतमा उपचार सस्तो भएकाले टोलका अधिकांश सीमापारि जाने गरेका छन् । उपचारका लागि भनेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले जान दिने गरेको स्थानीय दीपु चौधरीले बताए ।पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन–१ का मनोज हरिजन प्रत्येक मंगलबार सीमावर्ती भारतीय महाराजगन्जको ठुटीबारीमा लाग्ने हाटमा जाने गरेका छन् । यहाँभन्दा सस्तो तरकारी पाइने भन्दै उनले स्थानीयसँगै जाने गरेको बताए । ‘सब्जी, चामल नेपालमा महँगो छ,’ उनले भने, ‘गरिब आदमी महँगो सामान खरिद गर्न सक्दैन ।’ उनका अनुसार यहाँ ५० रुपैयाँ प्रतिकिलो पर्ने तरकारी भारतीय बजारमा २० रुपैयाँमा पाइने गरेको छ । सुरक्षाकर्मीले रोक्ने कोसिस गर्दा विभिन्न बहाना बनाएर खेत, कुलो तथा नहरको बाटो हुँदै जाने गर्छन् । नेपालीहरू तरकारी तथा खाद्यान्न सामान किन्नका लागि भारत जान्छन् भने भारतीयहरू रासायनिक मल नेपालतर्फ तस्करी गर्न र मदिरा सेवनका लागि लुकीछिपी नेपाल आउने गर्छन् ।