भारतमा कोरोनाभाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। सङ्क्रमितहरूको कुल सङ्ख्या २८ लाख नाघिसक्यो ।भारत ब्रिटेनलाई पछि पार्दै विश्वमा सबैभन्दा धेरैले ज्यान गुमाउने देशको सूचीमा चौथो स्थानमा छ भने सबैभन्दा धेरै सङ्क्रमितहरूमध्ये तेस्रोमा छ।
तर युरोप र उत्तर अमेरिकाभन्दा निकै कम अर्थात् १० लाख भारतीयमा ३४ जनाको मृत्यु भएको छ ।कोरोनाभाइरसबाट ज्यान गुमाउने दर (सीएफआर) अहिले झन्डै दुई प्रतिशत छ । सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्रमा मृतकको सङ्ख्या प्रत्येक ४० दिनमा दोबर भइरहेको छ ।पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाका अध्यक्ष श्रीनाथ रेड्डी भन्छन्, “सङ्ख्या बढे पनि मृत्युदर कम नै छ।”