अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् ।राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको कडा आलोचना गरेकी हुन् ।
अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदै छ । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति बाराक ओबामा पत्नी मिसेलले अमेरिकाका राष्ट्रपतिका लागि ट्रम्प सही व्यक्ति नभएको दाबी गरिन् ।
‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ मिसेलले भनिन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसबारेका विभिन्न तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उनको आरोप छ ।
सम्बोधनका क्रममा मिसेलले ट्रम्प प्रशासननले अमेरिकीमा विभाजन ल्याएको र दाबी गरिन् । ट्रम्पप्रति लक्षित गर्दै मिसेलले ‘ब्ल्याक लाइफ म्याटर्स’ लाई अझै पनि देशको सर्वोच्च निकायले उपहास गरिरहेको बताइन् ।