सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई श्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले मङ्गलबार जानकारी गराएको छ ।
आगलागीका कारण सात श्रमिक बेहोस बनेका थिए । अधिकारीहरूले हाल दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।