चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ

बङ्गलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो ।
चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बङ्गलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बंङ्लादेशको औषधि नियामक निकायले केही दिनअघि आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिड विरुद्धको खोप अभियान गत जनवरी २८ मा शुरु गर्नु भएको थियो । बङ्गलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । साथै बङ्गलादेशले भारतको सेरम इन्स्टिच्यूटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ ।
बङ्गलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्य ५० लाख डोज प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरु पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *