इजरायलले मध्य शहर लडमा सङ्कटकालको घोषणा गरेको छ

इजरायली सुरक्षाकर्मी र पेलेष्टाइन विद्रोहीबीचको भिडन्त उग्र रुप लिएपछि सङ्कटकालको घोषणा गरिएको हो ।
पेलेष्टाइन विद्रोही समूहले इजरायलमा सयौं रकेट प्रहार गरेको छ । इजरायलले गाजा क्षेत्रमा भारी मात्रामा हवाई आक्रमण गरेको छ । पछिल्लो केही समय यता शान्त रहेको इजरायल र प्यालेष्टाइनबीचको पछिल्लो विवादमा कम्तीमा ४० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । इजरायलको सुरक्षा दस्ताले जेरुसेलममा गरिएको आक्रमणको जवाफमा गाजामा विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ ।
प्यालेष्टाइनले भने सोमबारपछि एक हजारभन्दा बढी रकेट मध्य तथा दक्षिणी इजरायल क्षेत्रमा प्रहार गरेको छ । प्यालेष्टाइनले गाजा क्षेत्रमा रहेको एक टावरमाथि हवाई आक्रमण गरेर इजरायलले ध्वस्त बनाएपछि तेल अबिबमाथि आक्रमण गरेको जनाएको छ ।
इजरायली प्रहरी र प्यालेष्टाइन समूहबीच जेरुसेलममा हप्तौंदेखि चलेको विवाद हिंसाको रुप लिँदा हवाई आक्रमणको स्थितिसम्म आइपुगेको हो । जेरुसेलम मुस्लिम र जेविश दुबै समुदायको पवित्र धार्मिक स्थल हो । अन्तर्राष्ट्रिय समुदायलाई हिंसा अन्त्य गर्न अपील गरेको छ । हालसम्म हिंसामा परेर दश बालबालिकासहित ३५ जना प्यालेष्टाइन र पाँच इजरायली नागरिकको मृत्यु भएको छ ।
तेल अबिब नजिकैको शहर लडमा एकजना इजरायली अरब ब्यक्तिको अन्त्येष्टिपछि प्रदर्शन सुरु भएको थियो । प्रदर्शन हिंसाको रुप लिँदा रकेट प्रहारपछि इजरायलमा रहेका अरबी मूलका एक छोरी र बुवा सबार कार ध्वस्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *