अफगानिस्तान काबुलमा केटीहरूको विद्यालयमा बम बिष्फोटन

अफगानिस्तानको राजधानी काबुलमा केटी विद्यार्थीहरुको विद्यालयको अगाडि लगातार तीन बम बिष्फोटनमा मर्नेहरूको संख्या ६८ पुगेको छ। यो आक्रमण शिया मुस्लिमको क्षेत्रमा भएको थियो। स्रोतहरु अनुसार  घाइतेहरुको संख्या १६५ भन्दा बढि छ। धेरै जसो ती केटीहरू १२ देखि २० वर्ष उमेरका छन्। यस घटनासँगै आतंककारीहरूको मनसाय पूर्ण रूपमा स्पष्ट भएको छ कि उनीहरू अब यहाँ कट्टरपन्थीहरूको कानुन लागू गर्न चाहन्छन्। दुर्घटनाको शिकार शिया हजारा समुदाय हुन्। अस्पतालमा घाइते पीडितहरूलाई बचाउन रक्तदाताहरूको भीड छ। धेरैको अवस्था गम्भीर छ। स्रोतले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *