राम जन्मभूमि ट्रष्टका प्रमुख गोपाल दासलाई कोरोना संक्रमण

गत ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्याको राम मन्दिरको भूमि पूजामा सहभागी भएका महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ ।

उत्तरप्रदेशको मुख्यमन्त्री कार्यालयले ट्‍वीट मार्फत् राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका प्रमुख दासलाई कोरोना संक्रमण भएको जनाएको हो । भूमि पूजामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनिसँगै सहभागी थिइन् ।

कृष्ण जन्मभूमि न्यासका अध्यक्ष समेत रहेका दासलाई कृष्णाजन्मष्टमीको उत्सवमा सहभागी हुन मथुरा पुगेका बेला सास फेर्न असहज भएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना पुष्टि भएपछि दासलाई उपचारका लागि लखनउको मेदान्त अस्पतालमा भर्ना गरिएको छ । भूमि पुजनमा महन्त दाससँगै उपस्थित रहेका मोदी, योगी, पटेल क्वरेन्टिनमा बसेको/नबसेको खुलेको छैन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *