कोरोनाभाइरसको महामारी अब ओरालो लाग्न लागेको हो?

भारत कोरोनाभाइरस महामारीको दोस्रो ठूलो लहरको चपेटामा छ तर त्यहाँको सरकार अब केही क्षेत्रमा भाइरसको सङ्क्रमण दर केही सुस्त हुन थालेको सङ्केत देखिएको भन्दै छ। मार्च महिनाको मध्यबाट सुरु भएको भारतमा सङ्क्रमणको उच्च दर तीव्र गतिमा बढेर गयो। एप्रिल ३० तारिख शुक्रवार यो दैनिक चार लाख सङ्क्रमणको उच्च विन्दुमा पुग्यो। त्यसपछिका दिनहरूमा यो दर केही कम भएको देखिँदा मे ३ तारिख सोमबार तीन लाख साठी हजार रह्यो। तर विगत केही दिन यता दैनिक सङ्क्रमण दर फेरि बढ्न थालेको देखिएको छ। जुन सामान्यतया सोमबारको दिन सङ्क्रमण दरको तथ्याङ्क घट्ने प्रवृत्ति देखिएको साप्ताहिक उतारचढावको चरित्रसँग मिल्छ। ५ मे बुधवार दैनिक सङ्क्रमणको सङ्ख्या नयाँ सर्वाधिक उच्च विन्दुमा पुग्यो, चार लाख १२ हजार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *