ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, “हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं“।देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नकf लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उहाँले बताउनुभएको छ ।देशमा चलेको राजनीतिकf कारण ब्राजिलमा यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनुपरेको विज्ञहरुको भनाइ छ । कोरोना भाइरस नियन्त्रणका लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।राष्ट्रपति बोल्सोनारोले अर्को वर्ष फेरि चुनावका लागि तयारी गरेपछि राजनीतिकमा उथलपुथल भएको थियो । गत हप्ता बिदेश, न्याय र रक्षा मन्त्रीहरु राजिनामा गरेपछि नयाँ मन्त्रीहरु नियुक्ति भएका थिए ।
Related Posts
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
- Editor
- March 22, 2021
- 0
कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताउनु भएको छ […]
अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान
- Editor
- May 26, 2021
- 0
संयुक्तराज्य अमेरिकाका विदेश मन्त्रीएन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गर्नुभएको छ । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उहाँ इजिप्ट र जोर्डनको भ्रमण गर्न लाग्नुभएको […]
सुचीविरुद्ध अर्को आरोप
- Editor
- April 3, 2021
- 0
म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध अर्को मुद्दा लगाएको छ । ७५ वर्षीया सुचीमाथि ‘गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको’ आरोप लगाइएको छ । यो सुचीविरुद्ध लगाइएको […]