चिकित्सकका अनुसार पछिल्लो केही दिनदेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्याबाट सो कुुरा पुष्टि हुने बताउँछन् ।तर, चिकित्सकले यसको पछाडि अन्य धेरै कारणह पनि देखाएका छन् । भारतस्थित लोकनायक अस्पतालका एमडी डा. सुरेशकुमारका अनुसार यस पटक कोरोनाबाट सङ्क्रमित हुनेमा अधिकतम् युवा, बच्चा र गर्भवती महिला छन् ।डा. सुरेशले नयाँ कोरोना भाइरत पहिलाभन्दा धेरै छिटो फैलिरहेको बताए । गत हप्ता २० जना सङ्क्रमित अस्पतात भर्ना भएको मा अहिले यो सङ्ख्या १७० पुगेको छ भने अस्पतालमा श्ययाको सङ्ख्याको माग बढ्दै गएको छ ।आजतकसँग कुरा गर्दै लोकनायक अस्पतालका एमडी डा. सुरेशले पहिला कोरोना सङ्क्रमित भएका व्यक्तिभन्दा धेरैजसो वृद्धवृद्धा थिए । तर, नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेमा युवा, बच्चा गर्भवती महिला रहेका छन् जुन चिन्ताको विषय भएको उनले बताए ।नयाँ सङ्क्रमणको सामना गर्न अस्पतालले केही प्रावधान लागू गरेको उनले बताए । तर, अस्पतालको ओपीडी सेवा बन्द गर्ने विषयमा भने कुनै योजना नरहेको उनले बताए ।त्यसो त मुम्बईमा दोस्रो लहरका सङ्क्रमितभन्दा ८० प्रशितभन्दा बढी बिना लक्षणका छन् । हार्ट केयर फाउण्डेशन अफ इंडिया एण्ड कन्फेडेरेसन मेडिकल एसोसिएसन अफ एशियाका अध्यक्ष डा. केके अग्रवालका अनुसार महिला र बच्चामा कोरोनाका लक्षण कम देखिएको छ । यसका लागि उनीहरु सावधान हुनु आवश्यक छ ।त्यसो त दिल्लीमा विगत केही दिनदेखि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको आजतकले जनाएको छ । नोभेम्बर २०२० पछि यो उच्च हो भने दिल्लीमा राति कर्फ्यू लगाइएको छ ।पछिल्लो केही दिनदेखि दिल्लीमा हरेक दिन तीन हजारभन्दा बढी केसहरू देखिएको छ । यो सङ्ख्या तीन चार हजारको बीचमा रहेको थियो । तर विगतका दिनहरूमा यो संख्या फेरि पाँच हजारभन्दा बढी देखिएको छ । यद्यपि मंगलबार दिल्लीमा एक लाखभन्दा बढी परीक्षण गरिएको थियो । एजेन्सी ।दिल्ली बाहेक महाराष्ट्रमा पनि कोरोनाको घटना द्रुतगतिले बढिरहेको छ । अघिल्लो दिनमा महाराष्ट्रमा ५६ हजारभन्दा बढीमा सङक्रमण देखिएको थियो । महाराष्ट्र र दिल्लीपछि उत्तर प्रदेश–कर्नाटक–पंजाबमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।पछिल्लो समय विश्वभर १.१५ लाख मानिस नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
Related Posts
राडी बजारमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर
- Editor
- January 19, 2021
- 0
आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ । बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर […]
नेपालको अस्थिरता ‘भारतलाई राम्रो होइन’
- Editor
- December 21, 2020
- 0
भारतले अहिलेसम्म नेपालमा विकसित पछिल्ला घटनाक्रमबारे औपचारिक प्रतिक्रिया जनाइसकेको छैन तर काठमाण्डूका हरेक राजनीतिक घटनालाई नजिकबाट हेर्ने केही भारतीय विज्ञहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन्। […]
नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने घोषणा गरेको छ
- Editor
- June 3, 2021
- 0
शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। सन् २०२८ र २०३० को बीचमा ती मिसन […]