मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ।

आइतवार पुष्पिका डिसिल्भाले “मिसेस् श्रीलङ्का”को उपाधि जितेकी थिइन्। त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्। सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो, तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्। आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए। तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन्। “पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु,” उनले दर्शकहरूलाई भनिन्। त्यसपछि उनले रनरअपको शिरमा मुकुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरिएको उक्त कार्यक्रमको भिडिओमा देखिएको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *