इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या कम्तिमा ७६ पुगेको छ । साथै ४० भन्दा बढी हराइरहेका छन् ।बाढी प्रभावित क्षेत्रबाट ४०० भन्दा बढीलाई उद्वार गरी सुरक्षित स्थानतर्फ सारिएको छ । साथै बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् ।बाढीबाट इस्ट टिमोरको राजधानी दिली पनि प्रभावित भएको बताइएको छ । जहाँ दर्जनौं घर र अन्य भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । इन्डोनेसियामा हरेक वर्ष बाढी पहिरोले ठूलो धनजनको क्षति हुने गरेको छ ।इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताए अनुसार यहाँ मात्रै कम्तिमा ५० जना मानिसको मृत्यु भएको छ । साथै ४० जना वेपत्ता छन् । देशको पूर्वी क्षेत्र नुसा तेंगारा प्रान्तमा बाढीले धेरै क्षति पर्याएको छ । कतिपय प्रभावित क्षेत्रमा पुल र सडक समेत भत्किएका छन् ।इन्डोनेसियाको छिमेकी इस्ट टिमोरमा भने पहिरोका कारण २१ जनाको मृत्यु भएको बताइएको छ । इस्ट टिमोरको राजधानी दिलीबाट मात्रै १५०० मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
Related Posts
सेती अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
- Editor
- October 29, 2020
- 0
सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित ५७ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने […]
इजरायल जान चाहनेले दिएको भाषा परीक्षाको नतिजा सार्वजनिक
- Editor
- September 14, 2021
- 0
इजरायल जान चाहनेले दिएको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार भएको परीक्षाको मंगलबार नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा २ हजार ३९ […]
बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड
- Editor
- September 9, 2020
- 0
अवैध निर्माण गरेको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड गरेको छ । बीएमसीले नोटिस पठाइसकेपछि पनि कंगनाले अफिस निर्माण गरेको भन्दै बीएमसीले […]