बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ ।उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइनेछ ।उहाँका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिनुभएको हो ।बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकाले महिना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।
Related Posts
आसाममा केएफसी भारतले समुदायलाई समर्थन गर्दछ
- Editor
- October 28, 2020
- 0
केएफसी भारतले आसाममा उनीहरूको ‘मिलियन फिड’ को हिस्साको रूपमा समुदायहरूलाई समर्थन विस्तार गर् यो । ब्रान्डले जारी महामारीको समयमा जीविका र किफायती खाना कमाउन संघर्ष […]
बेलायतका प्रधानमन्त्रीद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
- Editor
- March 30, 2021
- 0
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गर्नुभएको छ । बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडुलका कामहरु शुरु भएका छन् […]
निस्सान भारत युनिभल्स निस्सन म्याग्नेट बी-एसयूभी
- Editor
- November 22, 2020
- 0
‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ को दर्शनमा निर्मित निसान भारतले आफ्नो बहुप्रतिक्षित बी-एसयूभीको अनावरण गरेको छ । यो भारतीय बजारको लागि निसान अर्को […]