भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यानथलाई ज्यान मार्ने धम्की आएको छ ।

मुम्बईस्थित केन्द्रीय प्रहरीलाई गृहमन्त्री र मुख्यमन्त्रीको हत्या हुने भन्दै इमेल प्राप्त भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इमेलमा लेखिएको छ, ‘केही दिनभित्रमा गृहमन्त्री अमित शाह र मुख्यमन्त्री योगी आदित्यनाथको हत्या गर्दैछौं । धार्मिक कार्यक्रममा दुवै नेतामाथि आक्रमण हुन्छ ।’

मेल प्राप्त भएपछि प्रहरीले सुरक्षा गस्ती बढाएको छ भने घटनाका विषयमा अनुसन्धान सुरु गरिएको भारतीय प्रहरीले जनाएको छ ।

गणतन्त्र दिवसका अवसरमा अमित शाह, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत धेरै नेताहरूले उनीहरूलाई मार्ने धम्की आएको थियो ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *