भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ।विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो।अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो।भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ।सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ।विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २०,२५,४०९ पुगेको छ।तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ।
Related Posts
जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या
- Editor
- April 14, 2021
- 0
अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए […]
प्रधानसेनापति शर्मा र भारतीय पदाधिकारीबीच भेटवार्ता
- Editor
- November 11, 2021
- 0
भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय पदाधिकारीबीच शिष्टाचार भेटघाट भएको छ। प्रधानसेनापती शर्माले बिहीबार भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री डा. एस. जयशंकर तथा […]
मोदीको बंगलादेश भ्रमणकाे विरोधमा प्रदर्शन : ४ जनाको मृत्यु
- Editor
- March 27, 2021
- 0
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा शुक्रबार प्रदर्शन हुँदा बंगलादेशको चित्तगोंगमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । मोदीको भ्रमणको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली […]