कोरोना भाइरस: मैले किन कोभिडसँग लड्दाको जोखिमपूर्ण क्षण सार्वजनिक गर्ने निर्णय गरेँ

गत वर्ष सेप्टेम्बरमा ब्रजिलकी ३८ वर्षीया दन्त चिकित्सक र्‍याकेल ट्रिभिजी कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना भइन्।

नियमित व्यायाम गर्ने र पुरानो रोग नभएका कारण उनलाई लागेको थियो कि उनलाई कोभिडले धेरै खराब गर्दैन। तर उनको अवस्था बिग्रँदै गयो।

“कसैले पनि कहिल्यै सोचेको थिएन कि कोभिडका कारण यस्तो खालको जटिलता आउँछ। मेरो स्वास्थ्य राम्रो थियो र स्वस्थ रहन्थेँ।”

“तर कोरोनाभाइरसले फरक तरिकाले असर गर्छ। यो रोग एकदमै जटिल हो,”

कोरोनाभाइरसले उनको फोक्सोमा नराम्रोसँग असर गरेको थियो।

एउटा निजी अस्पतालमा उनी भर्ना भइन् जहाँ उनलाई सघन उपचार कक्ष आईसीयूमा राखियो र श्वासप्रश्वास सहज बनाउन मुखमा नली हालियो।

आईसीयूमा राखिएको दोस्रो दिन फोक्सोमा अक्सिजन पुग्न सहज होस् भनेर उनलाई घोप्टो पारेर सुताइयो।

उनले १८ घण्टा घोप्टो परेर बिताइन् जुन अवस्थाको तस्बिर स्वास्थ्यकर्मीले खिचेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *