आगामी 3 फरवरीको दिन बिहान 10 बजीदेखि बेलुकी 4 बजीसम्म थर्बु चियाबारीको फ्याक्ट्री परिसरमा सिलगढ़ी ग्रेटर लायन्स नेत्र अस्पतालका वरिष्ठ आँखा चिकित्सकहरूद्वारा थर्बु क्षेत्र साथै थर्बु वरिपरिका आँखा रोगीहरूको निम्ति नि:शुल्क प्राथामिक आँखा जाँच शिविर सम्पन्न गरिनेछ। उक्त प्राथामिक आँखा जाँच शिविर सिलगढ़ी ग्रेटर लायन्स नेत्र अस्पतालको आयोजना तथा थर्बु चियाबारीको विशेष सहयोगमा राखिनेछ।
उक्त दिन विभिन्न प्रकारका आँखा रोगीहरूको आँखाको जाँच गरिनेछ। आँखाका रोगहरू जस्तै मोतिबिन्दु, दीर्घदृष्टि, कार्निया, ग्लुकोमा, रेटिनामा पर्दा, आँखाको पावर, चस्मा आदिको जाँच गरिनेछ। सिलगढ़ी ग्रेटर लायन्स नेत्र अस्पतालका वरिष्ठ साथै अनुभवी डाक्टरहरूले आँखाका रोगीहरूको जाँच गर्नेछन्।
थर्बु चियाबारी अस्पतालका डाक्टर विमल कुमार दासको पक्षमा अजम प्रधानले थर्बुमा उक्त नि:शुल्क आँखा जाँच शिविरको आयोजना हुने जानकारी दिएका हुन्। उक्त नि:शुल्क आँखा जाँच शिविरको लाभ उठाउन सबै आँखा रोगीहरूलाई निवेदन पनि गरिएको छ। उक्त नि:शुल्क आँखा जाँच शिविरको विस्तृत जानकारी चाहिए थर्बु चियाबारी डाक्टर विमल कुमार दाससित सम्पर्क गर्न सकिने पनि बताइएको छ।
नि:शुल्क प्राथामिक नेत्र जाँच शिविर
