जलपाइगढ़ीका ब्याङ्क कर्मचारीहरूले मङ्गलवार ब्याङ्किङ क्षेत्रमा पाँच दिने कार्यसप्ताह लागू गर्नुपर्ने माग गर्दै राष्ट्रव्यापी हड़तालमा सहभागिता जनाए। सिलगढ़ी अनि वरिपरि क्षेत्रका ब्याङ्किङ संस्थाहरू आज पूर्ण रूपले बन्द राखियो। यसकारण जनसाधारणले चरम समस्या झेल्नु परेका छन्।
यो हड़ताल युनाइटेड फोरम अफ ब्याङ्क युनियन (यूएफबीयू) ले आह्वान गरेको हो अनि शहरका ब्याङ्क कर्मचारीहरूले बिहानैदेखि विभिन्न सरकारी तथा निजी ब्याङ्कहरूअघि विरोध र्या्लीहरूमा सहभागिता जनाए।
प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पाँच दिने संरचित कार्यप्रणालीको मागलाई अघि सारे, र ब्याङ्किङ क्षेत्रमा राम्रो कार्य–जीवन सन्तुलन तथा कार्यक्षमता सुधारका लागि यो माग अति आवश्यक रहेको बताए।
आज समतल क्षेत्रमा पनि ब्याङ्क बन्द
