सांसद राजु विष्टले सन् 2025 मा उत्तर बङ्गालमा आएको भीषण प्राकृतिक आपदामा प्रभावित 12 परिवारहरूलाई मोठ 12 लाखको आर्थिक सहायता प्रदान गरेका छन्। उक्त आपदाले समतल भूभाग अनि पहाड़ी दुवै क्षेत्रमा व्यापक क्षति पुर्यातएको थियो जसको कारण कैयौँ ज्यान गएको थियो र धेरै परिवारहरू घरबारविहीन बनेका थिए।
आपदाबारे जानकारी पाएपछि सांसद राजु विष्टले प्रभावित क्षेत्रहरूको भ्रमण गरेका थिए र पीड़ितहरूलाई सहयोगको आश्वासन दिँदै प्रत्येक प्रभावित परिवारलाई 1.8 लाख क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका थिए। आफ्नो प्रतिबद्धता पूरा गर्दै तिनले खरसाङमा आयोजित कार्यकर्ता महासङ्गम सार्वजनिक सभाको मञ्चबाट 12 प्रभावित परिवारहरूलाई प्रति परिवार 1 लाख रुपियाँको पहिलो किस्ता वितरण गरेका छन्। सूत्रअनुसार बाँकी 80 हजार रकम पनि ती परिवारहरूलाई चाँड़ै प्रदान गरिनेछ।
आर्थिक सहायता प्राप्त गरेपछि लाभान्वित परिवारहरूले खुशी व्यक्त गर्दै सांसदप्रति आभार प्रकट गरेका छन्। सभालाई सम्बोधन गर्दै राजु विष्टले आफूले दिएको वाचा पूरा गरेको र प्राकृतिक आपदामा प्रभावित परिवारहरूसित निरन्तर साथमा खड़ा रहने प्रतिबद्धता दोहोऱ्याएका छन्।
पीड़ित परिवारहरूलाई सांसदद्वारा सहयोग प्रदान
