15 जनवरीदेखि अहिलेसम्म पनि बक्सा बाघ परियोजनाको घना जङ्गलमा बाघ घुम्दै आइरहेको छ। बुधवार राति बक्सा बाघ परियोजना प्राधिकरणले चारवटा ट्र्याप क्यामेरामा कैद भएको रोयल बङ्गाल टाइगरको तस्बिर सार्वजनिक गरेको छ। साथै यसपल्ट वन अधिकारीहरूले पहिलोचोटि उक्त रोयल बङ्गाल टाइगरको गर्जन आफ्नै कानले सुनेको दाबी गरेका छन्।
बक्सा बाघ परियोजनाको तर्फबाट देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इण्डियामा बक्सामा रहेका हालको बाघका तस्बिरहरू पठाइएको थियो। ती तस्बिरहरूको विश्लेषणपछि बाघ विज्ञहरूले यसपल्टकको बाघ सन् 2021 अनि 2023 मा देखिएका बाघहरूभन्दा आकारमा धेरै ठूलो भएको पुष्टि गरेका छन्।
बक्सा बाघ परियोजनाका पश्चिम उपक्षेत्रका उपक्षेत्र अधिकारी हरिकृष्णन पीजेले भने, यसपल्टकको बाघ आकारमा मात्र विशाल होइन तर त्यसको चालचलन पनि शाही छ। हामी बाघलाई प्रत्यक्ष देख्न निरन्तर प्रयासरत छौँ।
बक्साको जङ्गलमा ठूलो आकारको बाघ
