जलपाइगढ़ीमा गोलीकाण्ड भएको छ। बुधवार राति शहरको मुख्य केन्द्रमा गोली चलेको हो। यद्यपि गोली चलेको घटनामा कसैको पनि ज्यान गएको वा घाइते भएको जानकारी छैन। घटनापछि क्षेत्रमा सन्त्रास फैलिएको छ। कोतवाली थाना पुलिसले घटनाको जाँच आरम्भ गरेको छ। प्राप्त जानकारीअनुसार जलपाइगढ़ी शहरको समाजपाड़ा क्षेत्रका वासिन्दा रामप्रसाद काम्ती नामक एक व्यक्तिले राति आवास भवनको तल आफ्नो गाड़ी पार्क गरेका थिए। बिहीवार बिहान हेर्दा गाड़ीको चालक सिटतर्फ ऐना फुटेको अवस्थामा फेला परेको थियो। गाड़ीभित्र ऐनाका थुप्रै टुक्रा छरिएका थिए। गाड़ीभित्र सिटमा गोली अड्किएको अवस्थामा भेटियो। छेउको आवास भवनको झ्यालमा पनि गोली लागेको चिन्ह देखिएको छ। त्यहाँबाट पनि एउटा गोली फेला परेको छ।
स्थानीय वासिन्दाहरूअनुसार बुधवार राति क्षेत्रमा पटेका पड्किएजस्तै आवाज सुनिएको थियो। राति यस विषयबारे स्पष्ट हुन सकेको थिएन। बिहान गोलीका चिन्ह देखिएपछि क्षेत्रमा सन्त्रास फैलिएको हो। तुरुन्तै पुलिसलाई खबर गरियो। थानाका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरे र केही नमुनाहरू पनि सङ्कलन गरेका छन्।
जलपाइगढ़ी नगरपालिकाका अध्यक्ष सैकत चट्टोपाध्यायले भने, जलपाइगढ़ी शान्तिपूर्ण शहर हो। शहरमा राति बाह्र बजीदेखि साढ़े बाह्र बजीको बीचमा यस प्रकारको गोलीकाण्ड हुनु गम्भीर विषय हो। जस जसले यस्तो काण्ड गरे पनि दोषीलाई पक्राउ गर्नुपर्छ।
जलपाइगढ़ीमा गोलीकाण्ड
