इजरायलले खोज्यो नेपालको साथ

इजरायलले अन्तर्राष्ट्रिय र बहुपक्षीय मञ्चहरूमा पनि नेपालसँग सहकार्य चाहेको उल्लेख गरेको छ । इजरायलले नेपालसँग द्विपक्षीय रूपमा आत्मीय र घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि त्यसैलाई निरन्तरता दिएको हेर्न चाहेको जनाएको हो । 

कान्तिपुरसँग कुराकानी गर्दै नेपालका लागि इजरायलका राजदूत हनन गोडरले दुई देशबीच सुमधुर सम्बन्ध रहेको बताए । उनले भने, ‘यही सम्बन्ध हामी बहुपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हेर्न चाहन्छौं । जसले गर्दा हाम्रो सम्बन्धलाई थप उचाइमा पुर्‍याउनेछ ।’

इजरायलको स्थापना आधिकारिक रूपमा सन् १९४८ मार्च १४ मा भएको हो । अरूको भूभाग कब्जा गरेको भन्दै इजरायललाई विश्वका धेरै मुलुकले सुरुवातमा मान्यता दिएनन् । दक्षिण एसियामा इजरायललाई नयाँ मुलुकका रूपमा मान्यता दिने नेपाल पहिलो मुलुक बन्यो । नेपाल र इजरायलबीचमा सन् १९६० को जुन १ मा द्विपक्षीय सम्बन्ध स्थापित भएको हो ।

पछिल्लो समय इजरायलले नेपाललाई घरेलु कामदार, नर्स, कृषि क्षेत्रमा अध्ययन र सहयोग गरिरहेको छ । नेपालमा पनि सेन्टर अफ एक्सिलेन्सका रूपमा कृषि क्षेत्रमा सहयोग गरिरहेको छ । सैन्य क्षेत्रमा पनि गरिरहेको छ । दुई पक्षबीचमा सुमधुर सम्बन्ध हुँदाहुँदै पनि नेपालले संयुक्त राष्ट्रसंघको महासभामा अघि सारिएका विभिन्न विषयमा इजरायलको विपक्षमा मत दिँदै आएकामा इजरायलले चासो देखाएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *