कोलकातामा रेल कार्यालयमा आगलागी, ९ जनाको मृत्यु

भारतको कोलकातामा एउटा रेल कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । इस्टर्न रेलवेको कोलकातास्थित मुख्यालयमा सोमबार राति भएको आगलागीमा परी ९ जनाको मृत्यु भएको हो । 

१४ तले भवनको १३औं तलामा आगलागी भएको भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ ।

सोमबार राति चार जना अग्निनियन्त्रकसहित ७ जनाको मृत्यु भएको थियो भने हराइरहेका २ जनाको शव मंगलबार बिहान भेटिएको थियो ।

सोमबार राति नै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोलकाता प्रहरीका आयुक्त सौमेन मित्रा घटनास्थल पुगेका थिए । मुख्यमन्त्री बनर्जीले मृतकका परिवारलाई राहतस्वरुप जनही १० लाख रुपैयाँ दिने घोषणा गरेकी छिन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *