हिमाचलमा स्याउ टिप्न नेपाली मजदुर लैजाने प्रयास, केही गए तर अहिले नेपाल-भारत सीमामा अवरोध

नेपाल-भारत सीमा बन्द रहे पनि दुवै देशका स्थानीय प्रशासनसँग समन्वय गरेर अहिले केही नेपालीहरू भारतको हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न जान थालेको नेपाली कामदार र हिमाचलस्थित भारतीय स्याउ कृषकहरूले बताएका छन्।

उनीहरूका अनुसार कामदारको अभाव भएपछि कतिपय भारतीय कृषक र स्याउ व्यवसायीहरूले नेपाल-भारत नाकासम्मै सवारीसाधन पठाएर मजदुरहरू लैजान थालेका हुन्। त्यसरी जान लागेका नेपालीहरूलाई “व्यावहारिकता हेरेर जान अनुमति दिइएको” सीमा क्षेत्रका कतिपय अधिकारीहरूले बीबीसी बताएका छन्।

तर केही दिनदेखि दुवै देशका सीमामा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्ने खोज्ने मानिसलाई अवरोध गरेको हिमाचल जान सीमासम्म पुगेका केही नेपालीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *