म्यान्मारबाट भागेका प्रहरी फर्काउन भारतलाई आग्रह

म्यान्मार सरकारले फेब्रुअरी १ को सैनिक ‘कु’ पछि भारत भागेका प्रहरी अधिकारीलाई फिर्ता गर्न आग्रह गरेको छ । आफ्नो निर्देशन मान्न अस्वीकार गरेर छिमेकी भारत छिरेका केही प्रहरी अधिकारीलाई फिर्ता गर्न सैनिक सरकारले आग्रह गरेको  हो ।

भारतीय अधिकारीका अनुसार म्यान्मारका केही प्रहरी अधिकारी र उनका परिवार पछिल्ला दिनमा भारत आइपुगेका छन् ।

म्यान्मारका अधिकारीहरूले भारतलाई एक पत्र पठाउँदै ‘मैत्रीपूर्ण सम्बन्ध कायम राख्न’ ती प्रहरी अधिकारीलाई फर्काउन आग्रह गरेका बीबीसीले जनाएको छ । म्यान्मारमा फेब्रुअरी १ मा भएको सैनिक ‘कु’ पछि देशव्यापी विरोध प्रदर्शन र आमहडताल भइरहेका छन् ।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि व्यापक दमन गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघका अुनसार प्रदर्शनका क्रममा हालसम्म ५५ जनाले ज्यान गुमाइसकेका छन् । सांसद, पत्रकार, अधिकारकर्मीसहित १ हजार ७ सयभन्दा बढीलाई पक्राउ गरिसकिएको राष्ट्रसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *