दार्चुलामा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु, ५ घाइते

लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा जिप चालक करन नाथ र स्थानीय बुद्धिबल्लव पन्तको मृत्यु भएको हो । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जानेक्रममा लेकम गाउँपालिका–६ उचाकोट मन्दिर नजिक जिप दुर्घटना भएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

प्रहरी निरीक्षक चन्दका अनुसार अहिले इलाका प्रहरी कार्यालय रिठाचौपताबाट सई लोकन्द्र पुजाराको टोली घटनास्थलमा खटिएको छ । स्थानीय हरिश नाथका अनुसार जिपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *