लागू औषधी तस्करी प्रकरणमा एक विद्यार्थी नेतालाई पक्राउ गरिएको छ। सुर्जित साहालाई सशस्त्र सीमा बल (एसएसबी) ले लागू औषधी तस्करी प्रयासका क्रममा पक्राउ गरेको हो। सूत्रहरूअनुसार बिहीवार सुर्जित साहा खोरीबारीको पानी ट्याङ्की फ्लाइओभरनजिक लागू औषधी बिक्रा गर्न पर्खिरहेका थिए। त्यसै समय एसएसबीले गोप्य सूचनाका आधारमा छापा मारेर तिनलाई नियन्त्रणमा लिएको थियो। तिनीबाट 102 ग्राम मोर्फिन जफत गरिएको छ जसको बजार मूल्य धेरै लाख रुपियाँ हुने अनुमान गरिएको छ।
एसएसबीको उजुरीका आधारमा आरोपीलाई पछि औपचारिक रूपमा पक्राउ प्रक्रियाका लागि खोरीबारी पुलिसले जिम्मा लिएको थियो। सुर्जित साहालाई शुक्रवार सिलगढ़ी सब-डिभिजनल कोर्टमा प्रस्तुत गरिएको छ।
सुर्जित साहा नक्सलबारी कलेजको विद्यार्थी नेता थिए। यद्यपि तिनले अध्ययन पूरा गरिसकेका छन्। तिनी पक्राउ परेपछि उक्त घटनामा धेरै आलोचना भइरहेको छ।
मोर्फिनसहित विद्यार्थी नेता पक्राउ
