दार्जीलिङ्ग वेलफेयर सोसाइटी (DWS) का अध्यक्ष तथा सांसद श्री हर्ष वर्धन श्रृंगलाको नेतृत्वमा, Gates Foundation का वरिष्ठ प्रतिनिधिहरूलाई पेशोक चिया बगानमा स्वागत गरियो। यो भ्रमण सोसाइटीको जीविकोपार्जन परियोजना (livelihood project) को प्रगति बुझ्नको लागि आयोजना गरिएको थियो, जसलाई ग्रान्ट थोरन्टन भारत (Grant Thornton Bharat) ले कार्यान्वयन गरिरहेको छ। यस भ्रमणले वैकल्पिक आम्दानीका स्रोतहरू मार्फत ७ वटा चिया बगानका समुदायहरूलाई सहयोग गर्ने प्रतिबद्धतालाई दर्शाउँछ। हाल यो परियोजना पेशोक, पानीघट्टा, मकैबारी, मुण्डा कोठी, मंगरजङ, सम्रिकपानी र अम्बोटियामा संचालन भइरहेको छ, जसले दार्जीलिङ्ग क्षेत्रमा व्यापक लाभ पुर्याइरहेको छ। भ्रमण टोलीले परियोजनाका लाभग्राहीहरूसँग कुराकानी गरे र प्रदर्शन प्लट (demonstration plot), नर्सरी एकाइ, ओइस्टर च्याउ खेती (oyster mushroom cultivation) र डल्ले खुर्सानीको पेस्ट बनाउने उद्यम जस्ता विभिन्न कार्यहरूको निरीक्षण गरे। महिला उद्यमीहरूले आफ्ना अनुभवहरू साट्दै यस कार्यक्रमले उनीहरूको आत्मविश्वास, सीप र आर्थिक आत्मनिर्भरतामा पारेको सकारात्मक प्रभावबारे चर्चा गरे। यो योजना राष्ट्ररय ग्रामिण आजीविका मिशन अन्तर्गत जोडिएको छ। यो योजना राष्ट्रीय ग्रामिण आजीविका मिशन अन्तर्गत जोडिएको छ। यस परियोजनाको सफलता स्वरूप ‘घरेलु ओरिजिन’ (Gharelu Origins) नामक सामुदायिक उद्यमको स्थापना भएको छ, जसलाई DWS ले सहयोग गरिरहेको छ। नयाँ दिल्लीमा आयोजित ‘सरस आजीविका मेला’ मा ‘घरेलु ओरिजिन’ का उत्पादनहरूले धेरै प्रशंसा पाएका थिए। कार्यक्रममा Gharelu Origins को वेबसाइट र Gharelu Origins को उत्पादनहरूको क्याटलग पनि सार्वजनिक गरियो, जसले अब ती उत्पादनहरूलाई ठूलो बजारमा सहज रूपमा उपलब्ध गराउनेछ। अब ती उत्पादनहरू वेबसाइट https://www.ghareluorigins.in प्रयोग गरेर सजिलै पाउन सकिन्छ।
भ्रमणको क्रममा मुख्य राष्ट्रिय प्राथमिकताहरूमा पनि छलफल भयो। श्री हर्षवर्धन श्रृंगलाले भने कि २०२४ मा कार्यक्रम सुरु भएदेखि ठूलो प्रगति भएको छ, र सहभागी दिदीहरूले अत्यन्त मेहनत गरेर राम्रो उत्पादन गरेकोमा गर्व व्यक्त गरे। उनले सहभागीहरूलाई प्रेरित गर्दै भने, “हाम्रा दिदीहरूले केवल लाखपति बन्ने लक्ष्य नराखून्, उनीहरू करोडपति बन्ने लक्ष्य राखून्।” उनले दार्जीलिङ्ग वेलफेयर सोसाइटीको उद्देश्य स्थानीय उद्यमशीलतालाई निरन्तरता दिई परम्परागत सीमाभन्दा बाहिर विस्तार गर्ने रहेको पनि पुनः दोहोर्याए। श्री हरी मेनन, जो गेट्स फाउन्डेशनको भारत कार्यालयको नेतृत्व गर्छन् र दक्षिण तथा दक्षिण–पूर्व एसियामा फाउन्डेशनको काम हेरिरहेका छन्, उनले पनि आफ्नो विचार व्यक्त गरे। उनले भने कि गेट्स फाउन्डेशनले भारतमा मुख्य रूपमा आजीविकाको अवसर, विशेष गरी महिलाहरूका लागि, प्रदान गर्ने उद्देश्यका साथ काम सुरु गरेको हो। श्री हर्षवर्धन श्रृंगलाको आग्रह पछि गेट्स फाउन्डेशनले ग्रान्ट थर्नटनलाई आजीविका परियोजनामा सहभागी गरायो, र अहिले यो परियोजना निकै सफल भएको छ।
वहाँहरूले पेशोकमा गरिएका कार्यहरूले स्थानीयको घरायसी आम्दानी, सीप विकास र रोजगारीका अवसरहरूमा निरन्तर सुधार ल्याएको महसुस गरे। स्थानीय समुदायले DWS र यसका साझेदारहरूले प्रदान गरेको निरन्तर सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गरे। उनीहरूले यी पहलहरूले परम्परागत चिया खेतीभन्दा बाहिर गएर जीविकोपार्जनका नयाँ बाटोहरू खोल्न मद्दत गरेको बताए। अन्त्यमा, संचालन मोडेललाई अझ बलियो बनाउने र विकास साझेदारहरू बीचको सहकार्य बढाउने विषयमा सकारात्मक छलफल भयो। DWS चिया बगानका परिवारहरूका लागि दीर्घकालीन र दिगो लाभ सुनिश्चित गर्न प्रतिबद्ध छ। DWS र यसका साझेदारहरू दार्जीलिङ्ग पहाडका जनताका लागि एक लचिलो, आत्मनिर्भर र दिगो भविष्य निर्माण गर्ने आफ्नो साझा दृष्टिकोणप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दछन्।
