प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनामा जाँच आरम्भ

जलपाइगढ़ीको सुनीतिबाला सदर गर्ल्स हाई स्कूलकी प्रधान अध्यापिकालाई कान समातेर उठबस गराइएको घटनाको विरोधमा जलपाइगढ़ी सदर ब्लकमा धर्नाको घोषणा गर्दै जलपाइगढ़ी शिक्षा बचाओ कमिटीले शुक्रवार सदर ब्लकअन्तर्गतका सबै विद्यालय–कलेज बन्द रहने जानकारी दिएको छ।
आज जिल्ला युवा कङ्ग्रेसले जिल्ला उच्च माध्यमिक विद्यालय निरीक्षकलाई स्मारकपत्र चढ़ाउँदै घटनाको छानबिनको माग गरेको छ। जलपाइगढ़ी शिक्षा बचाओ कमिटीका संयोजक कौशिक गोस्वामीले भने, विद्यालयकी प्रधान अध्यापिकाले घटनाबारे प्रमाणसहित जिल्ला उच्च माध्यमिक विद्यालयका निरीक्षकलाई उजुरी दिएकी थिइन्। तर त्यसपछि पनि कुनै कदम चालिएन। त्यसै घटनाको विरोध स्वरूप शुक्रवार विद्यालय–कलेजहरू बन्दको आह्वान गरिएको हो।
जिल्ला उच्च माध्यमिक विद्यालय निरीक्षक सुजीत सरकारले भने, त्यस घटनाको छानबिनका लागि पहिल्यै एक टोली गठन गरिएको छ। छानबिनको काम आरम्भ भइसकेको छ।

By Piyali Poddar