भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको गैर-ब्याङ्क ऋणदातामध्ये एक तथा बजाज फिनसर्भको सहायक कम्पनी बजाज फाइनेन्स लिमिटेडले आज सन् 2025 को 22 सेप्टेम्बरदेखि 26 अक्टोबरसम्म फेस्टिभ सिजनमा सशक्त प्रदर्शन गर्दै उपभोक्ता ऋणमा वार्षिक 27% वृद्धि अनि ऋण मूल्यमा 29% वृद्धिको घोषणा गरेको छ। फेस्टिभ साइकल अवधिमा कम्पनीले लगभग 63 लाख ऋण वितरण गरेको छ अनि 23 लाख नयाँ ग्राहकहरू जोड़िएको जनाइएको छ जसमा 52% पहिलोपल्ट ऋण लिनेहरू थिए जसले वित्तीय समावेशीकरणको प्रयासमा कम्पनीको उल्लेखनीय प्रगतिलाई दर्शाउँछ।
मागमा यस वृद्धिले भारत सरकारको न्यू जेनेरेशन जीएसटी सुधार र व्यक्तिगत आयकरमा गरिएको सुधारहरूको सकारात्मक प्रभावलाई दर्शाउँछ जसले उपभोक्ताको क्रय शक्ति बढ़ाएको छ। बजाज फाइनेन्सका प्रेसिडेण्ट सञ्जीभ बजाजले भने, “यी सुधारहरूले भारतको उपभोग-आधारित वृद्धिलाई थप बलियो बनाएका छन् जसले मध्यम र निम्न-आय वर्गका घरपरिवारहरूका लागि आवश्यक तथा जीवन शैली सम्बन्धी वस्तुहरू अझ किफायती बनाएका छन्।”
विशेष गरी टेलिभिजन र एयर-कण्डिशनरमा घटाइएको जीएसटी दरका कारण कम्पनीले प्रिमियमाइजेशनको प्रवृत्ति पनि देखाएको छ। औसत ऋण टिकट आकारमा 6% कमी आए पनि ग्राहकहरूले उच्च श्रेणीका मोडलमा अपग्रेड गर्न सकेका छन्। 40 इञ्च वा त्यसभन्दा ठूला टेलिभिजनका लागि वित्तपोषण गत वर्षको 67% बाट बढ़ेर यो वर्ष 71% पुगेको कम्पनीले जनाएको छ।
4,200 स्थानमा फैलिएका 2,39,000 एक्टिभ ड्रिष्टिब्युशन पोइण्टहरू र सशक्त डिजिटल इकोसिस्टमसहित बजाज फाइनेन्सले ऋण पहुँच विस्तार र भारतको उपभोक्ता वित्तीय परिदृश्य सुदृढ़ पार्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
बजाज फाइनेन्सद्वारा फेस्टिभ लोनमा 27% वृद्धिको घोषणा; 52% पहिलोपल्ट ऋण लिनेहरूद्वारा समावेशीकरणको प्रयास थप सशक्त
