एमवेका प्रेसिडेण्ट तथा सीईओ माइकल नेल्सनले आगामी तीनदेखि पाँच वर्षभित्र एमवे इण्डियाको वृद्धि र रूपान्तरणलाई तीव्रता दिनका लागि 100 करोड़ रुपियाँ (12 मिलियन अमेरिकी डलर) लगानीको घोषणा गरेका छन्। यससितै कम्पनीले भारतमा स्थानीय उत्पादनको एक दशक पूरा गरेको अवसर पनि मनाएको छ। यस कदमले अमेरिका र चीनसितै एमवेका तीन विश्वव्यापी उत्पादन केन्द्रहरूमध्ये भारतको बढ्दो महत्त्वलाई झल्काउँछ।
सीईओको रूपमा पहिलोपल्ट भारत भ्रमणका क्रममा नेल्सनले एमवेको विश्वव्यापी रणनीतिमा भारतको केन्द्रीय भूमिकामाथि जोड़ दिए। तिनले भने, भारत एमवेको विश्व दृष्टिकोणको केन्द्रमा उभिएको देश हो। अपार सम्भावनाको शक्ति केन्द्र बताउँदै भारतलाई युवा शक्ति र तीव्र रूपमा बढ़िरहेको गिग अर्थतन्त्रद्वारा प्रेरित देशका रूपमा वर्णन गरे। यस लगानीले एमवेको भौतिक उपस्थिति विस्तार गरिने, वितरकहरूको क्षमता सुदृढ़ गरिने अनि पुनःपरिकल्पित स्टोर र आधुनिक तालिम कार्यक्रममार्फत ग्राहक अनुभव उन्नत गरिनेछ।
एमवे इण्डियाका म्यानेजिङ डाइरेक्टर रजनीश चोपड़ाले यो पहल भारत सरकारको विकसित भारत 2047 दृष्टिकोणसित मेल खाने बताएका छन् जसको उद्देश्य उद्यमशीलता, नवप्रवर्तन र समग्र कल्याणलाई प्रबर्द्धन गर्नु हो। पोषण, व्यक्तिगत हेरचाह र जीवन शैली सम्बन्धी उत्पादप्रति उपभोक्ताको माग बढ्दै गइरहेको समय सिलगढ़ीमा एमवेको विस्तारले स्थानीय वितरकहरू अनि वेलनेस उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। शहरको विस्तार हुँदै गइरहेको खुद्रा सञ्जाल र स्वास्थ्यप्रति सचेत उपभोक्तावर्गले यसलाई पूर्व भारतको प्रमुख वृद्धि क्षेत्रका रूपमा स्थापित गरेको छ।
