बाँध पहिल्यै काटिएको पोड़ाझार वासिन्दाको आरोप

महानन्दा नदी किनारको जमीन मिचेर बिक्री गर्ने कार्यमा केही व्यक्तिहरू संलग्न रहेका सिलगढ़ीका मेयर गौतम देवले स्वीकार गरेका छन्। तर गत 4 अक्टोबर बिहानै महानन्दामा जल स्तर बढ़ेपछि फूलबारी 1 ग्राम पञ्चायतअन्तर्गत पर्ने पोड़ाझार क्षेत्रमा बाँधको बीचको भाग भास्सिएको विषयबारे विवाद आरम्भ भएको छ। जमीन माफियाहरूले नदी किनारको भाग बिक्री गर्न बाँधको बीच भाग काटेर बाटो बनाएका आरोप छ। पोड़ाझारको राधाकृष्ण कोलोनीका वासिन्दाहरू उक्त बाटो भएर आउजाउ गर्थे। त्यहाँ कल्भर्ट पनि बनाइएको थियो। त्यसै कल्भर्ट र बाटो महानन्दाको तीव्र भेलमा बगेर गएको स्थानीय वासिन्दाहरूको दाबी छ।
तर पोड़ाझारका तृणमूल ग्राम पञ्चायत सदस्य राजु मण्डलको तर्क फरक छ। तिनले भने, बाँध कसैले काटेको होइन। त्यहाँ मान्छे र गोरु आउजाउ गर्ने क्रममा बाँधको आकार सानो भएको हो। टिस्टा ब्यारेज परियोजनाका प्रमुख इञ्जिनियर देवाशीष मौलिकले विषयको छानबिन गरिने आश्वासन दिएका छन्। देवाशीष मौलिकले भने, मुख्यमन्त्री कोलकातामा फर्किएपछि म पोड़ाझार गएर घटनाको स्थितिबारे जानकारी लिनेछु। तर जुन भागको बाँध भास्सिएको थियो त्यसलाई मरम्मती गरिएको छ। स्थानीय पञ्चायत सदस्यको यस्तो तर्कप्रति विपक्षीहरूले व्यङ्ग्य गर्न छोड़ेका छैनन्। तिनीहरूको भनाइमा, बाँधको दुवै छेउको भाग समान अवस्थामा छ। स्थानीय वासिन्दाहरूअनुसार, यदि बाँध त्यस्तै रहन्थ्यो भने त आउजाउ नै गर्न सकिँदैन थियो किनभने त्यो धेरै अग्लो थियो। त्यसैले कसैले त्यहाँ बाटो बनाएर सुविधा पुर्यातइदियो। तर भेल आउँदा बाटो र कल्भर्ट दुबै बगेर गयो।
यसअघि साहु नदी किनारको जमीन बिक्री गर्न जमीन माफियाहरूले आफ्नै खर्चमा फलामको पुल निर्माण गरेका थिए। त्यसबारे समाचार प्रकाशित हुन साथ मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा प्रशासनले उक्त फलामको पुल भत्काइदिएको थियो। केही वर्षअघि पोड़ाझारमा नदी किनारको जमीन बिक्री गर्न बाँधको बीच भाग धेरै काटिएको आरोप छ। त्यसपछि त्यहाँ सिमेण्टको बाटो बनाइयो। यसबारे डाबग्राम–फूलबारीका विधायक शिखा चट्टोपाध्यायले भनेकी छन्, प्रत्येक नदीको किनार बेच्न तृणमूलका नेताहरूले बाँधलाई क्षति पुर्याेएका छन्। सर्वसाधारण त्यसको मर्कामा परेका छन्। बाँध काटेर बाटो बनाएर जमीन बेचिएको छ। यसरी मानिसहरूलाई मृत्युसम्म धकेलिएको छ।

By Piyali Poddar