चन्दाको कारण मदानी बजारमा अशान्ति, एक युवक पक्राउ

काली पूजाको उल्लास आरम्भ हुनअघि नै उत्सवको शहर फेरि चन्दा आतङ्कमा पर्यो । सिलगढ़ीको मदानी बजार क्षेत्रमा चन्दा उठाउने विषयले स्थिति रणक्षेत्रमा परिणत भयो। आरोपअनुसार, केही स्थानीय युवाहरूले सिक्किमको यात्रीवाहक वाहन रोकेर चन्दा मागेका थिए। चालकले आपत्ति जनाएपछि तीव्र वादविवाद आरम्भ भयो।

त्यसपछि तोड़फोड़ र आक्रमणसम्म भएको बताइएको छ। घटनामा केही यात्रीहरू घाइते भएका र यसले सम्पूर्ण क्षेत्रमा चालकहरूबीच आतङ्क मच्चिएको जानकारी छ।खबर पाएपछि सिलगढ़ी कमिश्नरेट पुलिसको न्यू जलपाइगढ़ी थाना क्षेत्रको पुलिस टोली तुरुन्तै घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लियो। राहुल सरकार नामक एक युवकलाई घटनास्थलबाट पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार, घटनामा अन्य कसैको संलग्नता छ कि छैन भनेर जाँच भइरहेको छ।

प्रत्येक वर्ष उत्सवको समय यसरी नै चन्दाको नाममा जबर्जस्ती चन्दा उठाउने काम बढ़िरहेको चालकहरूले गुनासो गरेका छन्। उत्सव भन्न साथ अहिले डरको वातावरण बन्ने तिनीहरूको भनाइ छ। प्रशासनले कठोरतासित निगरानी नबढ़ाए स्थिति अझ बिग्रिन सक्छ। उता पुलिस सूत्रअनुसार, उत्सवको मौसममा यस्ता घटनाको पुनरावृत्ति रोक्न शहरका महत्त्वपूर्ण स्थानहरूमा गस्ती र निगरानी बढ़ाइँदैछ।

By Piyali Poddar