वी-द्वारा आईएमसी 2025 मा ग्राहक र उद्यमहरूको सुरक्षाका लागि एआई पावर्ड वी प्रोटेक्ट आरम्भ

भारतको अग्रणी टेलिकम अपरेटर वी-ले वी प्रोटेक्ट घोषणा गरेको छ जुन एक व्यापक एआई आधारित पहल हो जसले स्पाम, ठगी र साइबर आक्रमणजस्ता तीव्र गतिमा विकसित भइरहेको जोखिमहरूविरुद्ध वी-का उपभोक्ता, नेटवर्क र उद्यम सुरक्षा सम्बन्धी सबै उपायहरूलाई एकै छातामुनि ल्याउनेछ। यस पहलअन्तर्गत वी-ले इण्डियन मोबाइल कङ्ग्रेस (आईएमसी) 2025 मा दुई प्रभावकारी प्रणालीहरू एआई आधारित भोइस स्पाम डिटेक्शन प्रणाली र आफ्नो कोर नेटवर्कका लागि एआई सञ्चालित नेटवर्क डिफेन्स र इन्सिडेण्ट रिस्पोन्स प्रणाली प्रस्तुत गरेको छ। वी-को भोइस स्पाम डिटेक्शन प्रणालीले वास्तविक समयमा ठगी वा स्पाम कलहरूको पत्तो लगाएर चिन्हित गर्छ। उन्नत एआई मोडल, वेब क्रलर्स र प्रयोगकर्ताको सुझाउ प्रयोग गरेर यस प्रणालीले ग्राहकलाई कल पुग्नअघि नै शङ्कास्पद नम्बरहरूको पहिचान गर्छ।

यदि कुनै सम्भावित ठगी नम्बरले वी ग्राहकलाई कल गरे फोनको स्क्रीनमा सस्पेक्टेड स्पाम भनेर देखाउनेछ जसले प्रयोगकर्तालाई कल उठाउने कि नउठाउने निर्णय गर्न सहज हुनेछ। थर्ड पार्टी कलर आईडी एपहरूभन्दा फरक यस सुविधाले वी-को आफ्नै नेटवर्कभित्र नेटिभ रूपमा काम गर्छ जसले अझ बढ़ी शुद्धता र गोपनीयता सुनिश्चित गर्छ। यो नयाँ सुविधा वी-का विद्यमान सुदृढ़ उपभोक्ता सुरक्षा उपायहरूमा आधारित छ जुन अब वी प्रोटेक्टको छातामुनि आएका छन् जस्तै: टेक्स्ट मेसेजहरूको स्पाम फिल्टरिङ, अन्तर्राष्ट्रिय कलिङ डिस्प्ले अनि एआई आधारित जोखिम विश्लेषण। वी छिट्टै वास्तविक समयमा यूआरएल प्रोटेक्शन आरम्भ गर्नेछ जसले फिसिङ र मालवेयर आक्रमण रोक्नका लागि शङ्कास्पद लिङ्कहरू स्क्यान र अवरुद्ध गर्नेछ।

वी प्रोटेक्टअन्तर्गत, कम्पनीले आफ्नो कोर नेटवर्क र उद्यम सञ्चालनलाई सुरक्षित गर्न एआई आधारित उन्नत साइबर डिफेन्स र इन्सिडेण्ट रिस्पोन्स प्रणाली पनि लागू गरेको छ। यो समाधान पाँच चरणको सुरक्षा प्रणालीमाथि आधारित छ जसमा अनोमली डिटेक्सन, कण्टेक्सच्युआलाइजेशन अनि क्याटेगोराइजेशन, इण्टरफेस इञ्जिन एजेण्ट, सजेष्टिभ इण्टेलिजेन्स अनि ह्युमन भ्यालिडेशन समावेश छन्। वी-का चीफ टेक्नोलोजी अफिसर जब्बिर सिंहले भने, वी प्रोटेक्टले उन्नत एआई प्रविधि र सक्रिय सुरक्षा उपायहरू प्रयोग गरेर हाम्रा ग्राहकहरूलाई सुरक्षित राख्छ र हाम्रो नेटवर्कलाई अझ सबल बनाउँछ।

By Business Bureau