एमवे इण्डियाले दुई नेक्स्ट-जेन स्किनकेयर समाधानहरू आर्टिस्ट्री स्किन न्युट्रिशन डिफाइङ सिरम अनि आर्टिस्ट्री स्किन न्युट्रिशन करेक्टिङ सिरम प्रस्तुत गरेको छ जसले क्रमशः त्वचाको प्रारम्भिक र उन्नत उमेरसित सम्बन्धित दृश्यमान परिवर्तनहरूलाई लक्षित गर्छन्। यी एडभान्स सिरमहरू पहिलेका आर्टिस्ट्री स्किन न्युट्रिशन हाइड्रेटिङ, ब्यालेन्सिङ, रिन्युविङ एम्ड फर्मिङ शृङ्खलाको आधारमा तयार गरिएका हुन् जसलाई जीवनका विभिन्न चरणमा बढ्दो स्किनकेयर आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको छ।
न्युट्रिलाइटको 90 वर्षको बोटबिरुवामा आधारित विशेषज्ञताको धरोहरमा बनेका यी सिरमहरू न्युट्रिलाइटमा उमारिएका प्राकृतिक तत्त्वहरूले समृद्ध छन् जसले त्वचालाई कसिलो, मृदु र बलियो बनाउन सहयोग गर्छन्। यसले प्रकृति र विज्ञानलाई एकसाथ जोड़ेर त्वचालाई युवावस्थाको जस्तै देखिन सहयोग पुर्या।उँछ। आर्टिस्ट्री स्किन न्युट्रिशन डिफाइङ सिरमले उमेर ढिलो देखिने प्रारम्भिक सङ्केतहरूसितै लड्न सहयोग गर्छ भने आर्टिस्ट्री स्किन न्युट्रिशन करेक्टिङ सिरमले उन्नत उमेरजन्य समस्या र त्वचाको कसिलो गुमाउने अवस्थालाई सम्बोधन गर्छ।
उद्घाटनका क्रममा एमवे इण्डियाका एक्जिक्युटिभ डाइरेक्टर श्री राजनीश चोपड़ाले भने, आर्टिस्ट्री स्किन न्युट्रिशन डिफाइङ अनि करेक्टिङ सिरमको आरम्भ हाम्रो विज्ञान र प्रकृतिको उत्कृष्ट संयोजनमा आधारित उच्च प्रदर्शन गर्ने स्किनकेयर उत्पाद उपलब्ध गराउने प्रतिबद्धताको प्रमाण हो। उत्पाद नवप्रवर्तन हाम्रा लागि रणनीतिक प्राथमिकता रहिरहनेछ जसले हामीलाई आधुनिक भारतीय उपभोक्ताको बढ्दो आवश्यकताहरू पूरा गर्न सधैँ एक कदम अघि राख्नेछ।
