स्वच्छ भारत अभियानलाई सफल बनाउन एसएसबी आठौँ बटालियन खोप्रेल डी कम्पनीका जवानहरूले शुक्रवार मिरिक पर्यटन केन्द्रमा सफाई अभियान चलाए। एसएसबीका जवानहरूले मिरिक झील परिसरमा थुप्रिएका फोहोर अनि प्लास्टिकहरूलाई सङ्ग्रह गरेर सुरक्षित स्थानमा तह लगाए। यस अवसरमा बोल्दै एसएसबीका अधिकारी नर्बु छिरिङले भने, एसएसबीले सीमा क्षेत्रमा सुरक्षा मात्रै प्रदान नगरेर सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ। यसै क्रममा मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण मिरिक झील परिसरमा सफाई गरिएको हो। यसबारे जानकारी गराँउदै एसएसबीले सार्वजनिक स्थलहरू मन्दिर, गिर्जा घर, गुम्बा आदि ठाँउमा पनि सफाई गर्ने गरेको तिनले बताए।
एसएसबीद्वरा सफाई अभियान
