महिलाको सुरक्षामा विनर्स स्क्वाड

महिलाहरूको सुरक्षालाई ध्यानमा राख्दै सिलगढ़ी पुलिस कमिश्नरेटले पहल आरम्भ गरेको छ। विनर्स नामक महिला पुलिस स्क्वाड गठन गरिएको छ जसले शहरका भीड़भाड़ हुने महत्त्वपूर्ण क्षेत्रमा नियमित गस्ती गरिरहेको छ।
यस टोलीले केवल सुरक्षा सुनिश्चित गरिरहेको छैन तर स्थानीय महिलाहरूसित प्रत्यक्ष सम्पर्क स्थापना गरी तिनीहरूको चेतना र आत्मविश्वास बढ़ाउने कार्यमा समेत संलग्न बनिरहेको छ। विद्यालय, बजार, पार्क र बस स्ट्याण्डमा विनर्स टोलीको उपस्थितिले महिलाहरूका लागि सुरक्षित वातावरण सिर्जना गरिरहेको छ।
पुलिस सूत्रअनुसार यस पहलले शहरको सुरक्षा व्यवस्थालाई अझ सबल बनाउने र महिलाहरूका लागि सुरक्षित समाज सुनिश्चित गर्ने लक्ष्यलाई थप सुदृढ़ बनाएको छ। स्थानीय महिलाहरूसित नियमित भेटघाटमार्फत विनर्स टोलीले समाजमा विश्वास र सहयोगको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको महिलाहरूको मत छ।

By Piyali Poddar