पतिद्वारा पत्नीको ह*त्या

पतिको हातबाट पत्नीको हत्या भएको घटना प्रकाशमा आएको छ। बिहीवार बिहान यो दुखद घटना मैनागुड़ी ब्लकको रामसाई बजार क्षेत्रमा भएको हो। पत्नीलाई हत्या गरेपछि आरोपी पतिले सुइँकुच्चा ठोकेका छन्।
थाहा लागेअनुसार मृत महिलाको नाम आर्मिला उराँव (35) हो। बिहीवार मैनागुडी पुलिसले तिनको घरभित्रबाट रगताम्मे शव उद्धार गरेको छ। तिनको शव नजिकै एउटा बञ्चरो पनि फेला पारिएको थियो। यसैबीच तिनका श्रीमान् राजकुमार अहिले भागेका छन्।
पुलिस सूत्रअनुसार यी दम्पत्तीका एक छोरा र एक सानी छोरी छन्। पारिवारिक विवादकै कारण राजकुमारले बञ्चरो प्रहार गरेर पत्नीको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। पुलिसले हाल भागेका राजकुमारको खोजी कार्य तीव्र बनाएको छ। शवलाई पोस्टमर्टमका लागि जलपाइगढ़ी सदर अस्पताल पठाइएको छ। घटनाले क्षेत्रमा व्यापक सनसनी फैलिएको छ।

By Piyali Poddar