भोरेर आलोमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालन हुने

नयाँ वर्षको आरम्भतमा गजलडोबाको भोरेर आलो पर्यटन केन्द्रमा एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालनमा आउनेछ। पर्यटन विभागले यस पार्कको पूर्वाधार पहिले नै तयार गरिसकेको छ। तर पनि यस पार्कलाई पर्यटन विभागले सञ्चालन गर्ने छैन। त्यसको जिम्मा एउटा निजी संस्थाले दिइनेछ। मुख्यमन्त्री ममता ब्यानर्जीले सन् 2018 मा गजलडोबा पर्यटन हबको उद्घाटन गरेकी थिइन्। त्यसपछि भोरेर आलोमा लगभग दुई ऐकर जग्गामा हात्ती सफारीका लागि पार्क तयार गरिएको थियो। तर वन विभाग अनि पर्यटन विभागमाझ भएको विवादले त्यो पार्क सञ्चालन हुन सकेन।

उक्त पार्कमा हात्ती चढ्ने भऱ्याङसहितको घर, माहुतेहरूको बस्ने ठाउँ अनि टिकट काउण्टरसमेत तयार गरिएको थियो। तर पार्क सञ्चालन नहुँदा त्यहाँ पर्यटन विभागले एउटा एडभेञ्चर स्पोर्ट्स पार्कको पूर्वाधार निर्माण गरेको हो। यस पार्कमा कृत्रिम पर्खाल, जम्पिङ ग्राउण्ड, डोरी समातेर झुण्डिएर जाने सुविधा लगायत अन्य एडभेञ्चर खेलहरू रहनेछन्। यस पार्कमा जलाशयमाथि एउटा बाँसको पुल बनाइएको छ। त्यहाँ माछा मार्ने योजना पनि रहेको छ।गजलडोबा विकास प्राधिकरणका उपाध्यक्ष खगेश्वर रायले भने, मैले पर्यटन विभागलाई यो पार्क यसरी नछोड्ने, यसको सञ्चालन गर्न आवश्यक छ भनेर भनेर बताएको थिएँ। यसो गर्दा पर्यटकहरूमा यस स्थानको आकर्षण बढ्नेछ।

तर अहिले उक्त एडभेञ्चर स्पोर्ट्स पार्कको केही भाग झाड़ीले ढाकिसकेको छ। सञ्चालनमा नआएको कारण पार्कको पूर्वाधार बिग्रँदै गइरहेको छ। पर्यटन व्यवसायी सम्राट सन्यालले भने, पर्यटन केन्द्र भोरेर आलोलाई सबैका लागि आकर्षक बनाउनैपर्छ। धेरै सङ्ख्यामा पर्यटकहरू यहाँ घुम्न आउँछन्। तर बालक-बालिकाका लागि खेलकुद गर्ने पूर्वाधार नभएको कारण धेरैजना निराश भएर फर्कन्छन्। एडभेञ्चर स्पोर्ट्स पार्क सञ्चालनमा आएपछि अझ धेरै पर्यटकहरू यहाँ आउनेछन्।

By Piyali Poddar