वी मुभिज एण्ड टीभीजद्वारा निःशुल्क ओटीटी सामग्री पोर्टफोलियो विस्तार गर्न अमजोन एमएक्स प्लेयरसित सहकार्य

भोडाफोन आइडिया (वी) ले आफ्नो वी मुभिज एण्ड टीभी एपमार्फत भारतकै अग्रणी निःशुल्क स्ट्रिमिङ प्लेटफर्म अमजोन एमएक्स प्लेयरसित सहकार्य गर्दै आफ्नो डिजिटल मनोरञ्जन सेवा विस्तार गरेको छ। भारतको तीव्र गतिमा वृद्धि भइरहेको ओटीटी दर्शक समूहलाई लक्ष्य गरेर यो सहकार्य गरिएको हो जसले 2025 सम्म 547 मिलियन प्रयोगकर्ताको आँकड़ा पार गरिसकेको छ। तीमध्ये लगभग 400-447 मिलियन प्रयोगकर्ताहरू विज्ञापन-आधारित निःशुल्क प्लेटफर्ममाथि भर पर्छन्।

यस सहकार्यपछि वी मुभिज एण्ड टीभी प्रयोगकर्ताले अब एमएक्स प्लेयरको विशाल सामग्री सूची निःशुल्क रूपमा हेर्न सक्नेछन् जसमा आश्रम, क्याम्पस डायरिज अनि भौकाल जस्ता चर्चित वेब सिरिजहरूसितै हिन्दी, तमिल अनि तेलुगु भाषामा डब गरिएको एमएक्स वी-देशीअन्तर्गत अन्तर्राष्ट्रिय सामग्री पनि उपलब्ध हुनेछ। वी-को 400+ लाइभ टिभी च्यानल, न्युज स्ट्रिमिङ अनि जेड5 ओरिजिनल्सको पहिलो एपिसोडको निःशुल्क पहुँचसितै यो थप उपलब्ध हुँदैछ।

डिजिटल प्रयोग तीव्र रूपले बढ़िरहेको सिलगढ़ीमा यस कदमले वी-को प्रतिस्पर्धात्मक धारलाई थप दह्रो बनाउने अपेक्षा गरिएको छ। विशेष गरी सिलगढ़ीको युवा पुस्ताले किफायती, बहुभाषिक मनोरञ्जनको माग बढ़ाइरहेको छ अनि वी-को फ्रीमियम मोडलले यस समूहलाई आकर्षित गर्ने सम्भावना प्रबल देखिन्छ। यस सहकार्यले कम्पनीलाई डेटा किफायतीपन र निःशुल्क ओटीटी पहुँचले उपभोक्ता व्यवहारलाई पुनःनिर्धारण गरिरहेको टियर–2 शहरहरूमा आफ्नो बजार हिस्सादारी सुदृढ़ गर्न सहयोग पुर्याेउने विज्ञहरूले विश्वास व्यक्त गरेका छन्। वी-ले आफ्ना सब्स्क्राइबरहरूलाई सोनी लिभ, लाइअनगेट प्ले, सन एनएक्सटी, जियोहटस्टार लगायत 17 प्रमुख ओटीटी प्लेटफर्ममा पनि पहुँच उपलब्ध गराउँछ जुन स्मार्टफोन, स्मार्ट टिभी तथा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ।

By Business Bureau