बाल्यकालको सपना साकार गर्दै आस्साम गुवाहाटीमा डीएसपी बन्न सफल भइन हिमा दास

२६.०२.२०२१: शुक्रवार आस्साम पुलिसमा स्टार स्प्रिंटर हिमा दासलाई बाल्यकालको सपना साकार भएको भन्दै अधीक्षक (डीएसपी) बनाइयो। केन्द्रमा खेलकुदको मन्त्री रहनुभएका आस्सामको मुख्यमन्त्री सर्वानन्द सोनोवालद्वारा नियुक्ति पत्र हिमालाई हस्तान्तरण गरियो। यहाँ आयोजित समारोहमा पुलिस महानिदेशकसहित शीर्ष प्रहरी अधिकारी र राज्य सरकारका अधिकारीहरू पनि उपस्थित थिए।

हिमाले भने कि उनी बाल्यकालदेखि नै पुलिस अफिसर बन्ने सपना देखेकी थिइन। उनले भने, ‘यहाँका मानिसहरूलाई थाहा छ म केहि फरक भन्न गैरहेकि छुइन । म स्कूलको दिनदेखि नै पुलिस अफिसर बन्न चाहन्थें र यो मेरो आमाको सपना पनि थियो। दुर्गा पूजाको क्रममा उनी मलाई खेलौनामा बन्दुक दिन्थिन्, आमा भन्नुहुन्थ्यो कि मलाई आस्साम पुलिसको सेवा गर्नुपर्छ र राम्रो मान्छे हुनु पर्छ।‘ एशियन खेलमा रजत पदक विजेता र जुनियर विश्व चैम्पियन हिमाले भनिन कि उनले पुलिसको साथसाथै खेलकुदमा पनि आफ्नो क्यारियर जारी राख्छिन्।उनले भने, ‘स्पोर्ट्सका कारणले मैले सबै पाएँ। म राज्यको खेलकुदको सुधारका लागि काम गर्नेछु र आस्सामलाई हरियाणा जस्तो राम्रो प्रदर्शन गर्ने राज्य बनाउने प्रयत्न गर्नेछु।‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *