सीमामा निस्फिक्री आउजाउले जोखिम

 नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो ।

सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो ।

कोरोना संक्रमितको दिनदिनै मृत्यु हुन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘नाकाबाट लुकीछिपी’ आउनेले जोखिम बढाएको भन्दै सुरक्षा अधिकारीहरूलाई सीमामा थप कडाइ गर्न आइतबार निर्देशन नै दिएका थिए । संघीय सरकारले लकडाउन खोलेसँगै सीमामा अपनाइएको सतर्कतालाई ‘खुकुलो’ मानेर प्रदेश २ मा भारतबाट निस्फिक्री भित्रिनेको संख्या उच्च छ । कोरोना संक्रमण फेरि बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालको निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतले लगत्तै सुरक्षा निकायका सबै प्रमुखलाई डाकेर नाकामा निगरानी बढाउन निर्देशन दिएका हुन् । ‘नाकाबाट लुकीछिपी आउनेका कारण संक्रमण बढेको छ,’ मुख्यमन्त्री राउतले सुरक्षा अधिकारीहरूलाई भने, ‘अहिले कडा लक्षणसहितको कोरोना संक्रमण भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *