उत्तरपूर्वी भारतमा वैद्युतिक गाडी चार्जिङ नेटवर्कलाई प्रोत्साहित गर्न ए प्लस चार्ज र एथर एनर्जीले सहकार्य (पार्टनरसीप) गर्ने

भारतको उत्तरपूर्वी क्षेत्रमा सफा र स्मार्ट गतिशील इकोसिस्टम निर्माण गर्ने उद्देश्यले ए प्लस चार्जले भारतको अग्रणी वैद्युतिक दुईचक्के वाहनको निर्माता एथर एनर्जीसँग सहकार्य(पार्टनरशीप) गर्ने घोषणा गरेको छ। यस सहकार्यको उद्देश्य उत्तरपूर्वी राज्यहरूमा वैद्युतिक वाहन चार्ज गर्ने नेटवर्कलाई विस्तार गर्ने रहेको छ।
यस सहकार्यअनुसार ए प्लसको उच्च क्षमतायुक्त संरचना र एथर एनर्जीको अत्याधुनिक चार्जिङ क्षमताद्वारा एथर एनर्जीले उत्तरपूर्वी राज्यहरूका धेरै रणनीतिक क्षेत्रहरूमा उन्नतमानको द्रुत वैद्युतिक गाडी चार्जरहरू स्थापना गर्नेछ। निर्बाध अपटाइम र उपयोगकर्ताको अनुभव निश्चित गर्न चार्जिङ पोइन्टहरू ए प्लसद्वारा संचालित गरिनेछ।
यस सहकार्यद्वारा उत्तरपूर्वी क्षेत्रमा वैद्युतिक गाडी चार्जिङ संरचनाको पूर्वधारलाई बलियो बनाउन तर्फ कार्य गर्नु हो। नयाँ चार्जिङ पोइन्हरूले सबै एल ई सी सी एस (लाइट इलेक्ट्रिक कम्बाइन्ड चार्जिङ सिस्टम) -लाई एल ई भी (लाइट इलेक्ट्रिक भेकल्स) -सँग मिल्दो (कम्प्याटिबल) बनाउने छ। तीव्र गतिमा बढिरहेको वैद्युतिक गाडी प्रयोगकर्ताहरूको मागलाई पूर्ण गर्न प्रमुख शहरहरू, धेरै यातायात हुने करिडरहरू र माग भएका स्थानहरूमा यी चार्जिङ पोइन्टहरू राखिनेछन्।
“हामी स्थायी र स्मार्ट गतिशीलताको हाम्रो दृष्टिकोण साझा गर्ने एथर कम्पनीसँग सहकार्य गर्न उत्साहित छौं। यो सहकार्यद्वारा उत्तरपूर्वमा वैद्युतिक गाडी अप्नाउने कार्यलाई तीव्र बनाउन मात्र नभएर ए प्लसको चार्जको स्थितिलाई फूल स्ट्याक चार्ज पोइन्ट अपरेटर (सी पी ओ) -को रूपमा पनि सुदृढ पार्नेछ” – भनी ए प्लस चार्जका संस्थापक अनि निदेशक सम्यक जैनले भने।
प्रथम चरणमा गुवाहाटी, डिब्रुगढ़, शिलाङ अनि सिलगढ़ी जस्ता प्रमुख शहरी केन्द्हरूलाई लक्षित गर्नेछ भने आउँदो महिनाहरूमा जोरहाट, डिमापुर, अगरतला र उत्तर भारतका प्रमुख शहरहरूमा विस्तारको योजना रहेका छन्।
माथि उल्लेखित शहरहरूबाट स्थापना कार्य चाडै शुरु गरिनेछन्। यो सहकार्यले भारतको सबैभन्दा गतिशील तर कम प्रवेश क्षेत्रहरू मध्ये एउटामा स्थिर समावेशी र भविष्यका निम्ति तयार वैद्युतिक गाडी इकोसिस्टमको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गोको चिन्ह लगाउनेछ।

By Business Bureau